सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

राजपाले घोषणापत्रमा भन्यो–‘नेपाल एक बहुराष्ट्रिय देश’

राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपाललाई ‘बहुराष्ट्रिय’ देशका रुपमा ब्याख्या गर्दै आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । महोत्तरीको जलेश्वरमा राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहितका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन ।

राजपाले सार्बजनिक गरेको घोषणा पत्रको प्रस्तावनामा नै नेपाललाई ‘बहुराष्ट्रिय’ देश भनिएको छ । राजपाले घोषणा पत्रमा भनेको छ–‘नेपालको उच्च हिमाली क्षेत्रमा बस्ने समुदाय र चीनको स्वशासित प्रदेश तिब्बतमा रहेका उस्तै संस्कृति, भाषा र चालचलनमा सामीप्य भएका समुदायहरुको राष्ट्र एकै भए पनि देश फरक छ ।’

घोषणापत्रमा अगाडी भनिएको छ–‘भारतको दार्जीलिङ, सिक्किम, आसाम आदिमा बस्ने खस भाषाभाषी होस् वा नेपालमा बस्ने खस भाषाभाषी संस्कृति, विचार, चालचलनको आधारमा एकै राष्ट्र हुन् तर, देश फरक छ ।’

‘नेपालको दक्षिणतिरको समथर भूमिमा बस्ने मधेसी, थारु, दलित, जनजाति र मुस्लिम शतप्रतिशत नेपाली हुन् । तर, ती सामूहिक रुपमा आफैंमा एक राष्ट्र पनि हो’ घोषणापत्रमा अघि भनिएको छ, ‘जसको निश्चित भूगोल, समान जीवनपद्धति, संस्कृति, सभ्यता एवं मनोविज्ञान छ, यो भारत, मरिसस र अन्य देशका समुदायसँग मेल खान पनि सक्छ ।’

पौराणिक कालदेखिका महर्षि जनक, सीता, गार्गी, याज्ञवल्क्य, मैत्रियी एवं २५०० वर्ष पहिले जन्मेका शान्तिदूत गौतम बुद्ध सबै एकै राष्ट्र भएको राजपाको घोषणापत्रमा उल्लेख छ ।

जातीय विविधता एवं भौगोलिक र अन्य तरिकाले फरक हुन गएका राष्ट्रहरुलाई एउटै राज्यमा समाहित र आत्मसाथ गर्ने लोकतान्त्रिक राजनीतिक शासन निर्माण नै आदर्शवादी राजनीतिक चिन्तकहरुका लागि ठूलो चुनौती भएको भन्दै राजपाले भनेको छ–‘नेपाल निकै लामो समयदेखि यस्तै चुनौतीको सामना गर्दै आएको मुलुक हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS