सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सिरहामा वाम गठबन्धनको चुनावी सभामा बम बिस्फोट

चुनाव प्रचारप्रसारको अन्तिम दिन आज सिरहामा वाम गठबन्धनको संयुक्त चुनावी सभामा शक्तिशाली बम बिस्फोट गराईएको छ । वाम गठबन्धनका संयुक्त उम्मेदवार एवम् पूर्वमन्त्री अजयशंकर नायकको प्रचारप्रसारका लागि गरिएको चुनावी सभामा कुकर बम बिस्फोट गराईएको हो ।

सिरहाको मिर्चैया स्थित चुनावी सभामा भएको बम बिस्फोटमा मानवीय क्षती भने भएको छैन् । बम बिस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाले लिएको छ । मोर्चाले निर्वाचनको विरोधमा बम विस्फोट गराएको जनाएको छ । उक्त स्थानबाट गोइतको पर्चासमेत फेला परेको छ ।

मधेश विरुद्ध निर्वाचन हुन लागेको उल्लेख गर्दै गोइतद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यही २१ मंसीर २०७४ को स्वतन्त्र तराईमा प्रहरी, सशस्त्र प्रहरी र सेनाको बन्दूकको बलमा अवैध नेपाली शासकले प्रतिनिधिसभा र प्रान्तीय सभाको निर्वाचन गराएर नेपाली शासनलाई निरन्तरता दिन खोजेको हो । यस्तो स्थितिमा नेपाली निर्वाचनमा सहभागीहरुको सशस्त्र प्रतिरोध गर्नु बाहेक हम्रो निम्ति अर्को विकल्प छैन ।’

चुनाबको मुखैमा देशैभर बम बिस्फोटको घटना बढ्दै गएपछी सरकारले सुरक्षा निकायलाई हाई अलर्टमा राखेको छ । सरकारले ठुला मानवीय क्षति हुने खालका घटना हुने अवस्था आए, ज्यानको खतरा भए, उम्मेद्वार र सर्वसाधारणको सुरक्षामा असामान्य परिस्थिती सिर्जना भएमा सुरक्षा निकायलाई गोली चलाउने अधिकार दिएको छ ।

आज मात्रै सरकारले विप्लव लगायत अन्य चुनाब बिरोधी संगठनका मुख्य मुख्य नेताहरुलाई समाउन गोप्य सर्कुलर जारी गरेको बताईएको छ । प्रहरीले गोईतको मोर्चा, विप्लवको नेकपा लगायतका संगठनका नेता कार्यकर्तालाई खोजीखोजी पक्राउ गरिरहेको छ । आज १२ बजेबाट आईतबार निर्वाचन सम्पन्न नहुँदा सम्मका लागी मौन अवधी लागु हुँदैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS