एमाले अध्यक्ष केपी ओलीको घरमा बम बिस्फोट
एमाले अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज एकाबिहानै बम विष्फोट गराईएको छ । विहान ४ बजेतिर झापाको दमक नगरपालिका–५ मा रहेको ओलीको घरको पूर्वी गेटमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट गेटमा सामान्य क्षति भएको छ ।
घरमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली बस्दै आएका थिए । मूल गेटमा फेला परेको अर्को एउटा शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलिले निस्क्रिय पारेको छ । प्रहरीका अनुसार विष्फोटबाट गेटमा सामान्य क्षति भएको छ ।
त्यस्तै, नेपाली कांग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विष्फोट भएको छ । विष्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा७च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्