सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रुकुम दुर्घटनामा ईन्सपेक्टर दम्पतीसँगै ७ को मृत्यु

पश्चिम रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर ६ साँखमा स्कर्पियो जीप दुर्घटना हुँदा दुई प्रहरी निरीक्षक सहित सात जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

पुर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आईरहेको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । जीप गएराति करिब ८ बजे दुर्घटना भएपनि उद्दार गर्दा ढिला भएको थियोे । ग १ ज ४२६० नम्वरको जीप मध्यपहाडी लोकमार्गवाट झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जीप दुर्घटनामा परी मृत्यु हुनेहरुमा मुसीकोट नगरपालिका–१ का जनक शाह, सुदन श्रेष्ठ, शेरवहादुर श्रेष्ठ, मुसीकोट नगरपालिका–४ की सुधा मल्ल, त्रिवेणी गाँउपालिका–१ की यमुना मल्ल र रुकुमकोट निवासी प्रहरी निरीक्षक नविन श्रेष्ठ र उनकी पत्नी प्रहरी निरीक्षक अनिता प्रधान रहेका छन ।

दुर्घटनामा ज्यान गुमाउने प्रहरी निरिक्षक दम्पती नविन र अनिताले तीन दिन पहिले गत विहीबार मात्र विवाह गरेका थिए । अपराध महाशाखामा काम गरेकी अनिता पछिल्लो समय इलाममा कार्यरत थिइन । नबिन श्रेष्ठ सुर्खेत ट्राफिकमा कार्यरत थिए । घर गएर उनीहरु सुर्खेत फर्कदै थिए । अनिता माइती घरबाट इटहरीस्थित नवीनको घर भित्रिएकी थिइन् ।

जीप दुर्घनामा तीन जना घाइते भएका छन् । घाईते हुनेमा जिप चालक प्रेम थापा, सहचालक बाँफिकोट गाउँपालिका ७ मग्माका प्रेम केसी र वर्दियाका टेक वहादुर खत्री रहेको प्रहरीले बताएको छ । घाइते सबैलाई जिल्ला अस्पताल सल्लेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्