सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

साबधान ! ०१२३४५६, १२३४५६ नम्बरबाट फोन आउला !

नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन सबैलाई अनुरोध गरेको छ । पछिल्लो समय ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले सार्बजनिक रुपमै त्यस्ता नम्बरबाट आएको कल नउठाउन आग्रह गरेको छ ।

टेलिकमले आफ्ना ग्राहकको फोन नम्बरमै एसएमएस पठाएर यसबारे जानकारी गराएको हो । त्यस्ता नम्बरबाट चिठ्ठा परेको भन्दै झुटा फोन कल आउने क्रम बढेपछि ग्राहकलाई सचेत गराइएको टेलिकमले जनाएको छ ।

चिठ्ठा परेको लोभ देखाउँदै नमिल्दा किसिमका नम्बरबाट फोन गर्ने र ठग्ने क्रम बढेपछि दूरसञ्चार प्राधिकरणको अनुरोधमा टेलिकमले आफ्ना ग्राहकलाई यस्तो जानकारी गराएको हो ।

नेपाल टेलिकमले यस्ता फोनहरु कुन रुटबाट आइरेका छन् भन्ने अनुसन्धान भइरहेको र पटक–पटक एउटै नम्बर प्रयोग गरेर ठगी गर्ने नम्बरलाई ब्लक गर्ने काम सुरु भएको जनाएको छ ।

पछिल्लो समय विभिन्न अपराधिक समुहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने र ठग्ने क्रम बढेको छ । टेलिकमका अनुसार यस्तो ठगी कार्यमा संलग्न गिरोहले बैंकमा पैसा पठाउन लगाउने र ठग्ने गरेको पाईएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS