सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निर्वाचन सम्पन्न, लगभग ६५ प्रतिसत मत खस्यो

बिहान ७ बजेबाट देशका ३२ जिल्लामा भएको पहिलो चरणको निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागी भएको निर्वाचनमा आज लगभग ६५ प्रतिसत मत खसेको निर्वाचन आयोगको अनुमान छ ।

आज भएको निर्वाचनमा प्रतिनिधि सभाका लागी ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रका लागी ७०२ जना उम्मेद्वार प्रतिस्पर्धामा थिए । निर्वाचन सकिएसँगै अधिकांश मतदान केन्द्रबाट मतपेटीका सदरमुकाम पठाईसकिएको छ । हेलिकप्टर प्रयोग गर्नुपर्ने उच्च हिमाली क्षेत्रका मतपेटिका भने भोली बिहान मात्र सदरमुकाम ल्याईनेछ ।

रुकुमको दुईवटा मतदान केन्द्रमा मतपत्र जलाईएपछी पुनः मतदान हुने भएको छ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–५ स्थित रत्न माविको मतदान केन्द्र ‘क’ प्रतिनिधि सभा र आठबीसकोट नगरपालिका–११ नेपाल राष्ट्रिय मावी ‘ख’ मतदान केन्द्रमा समानुपातिक तर्फ पुनःमतदान हुने भएको हो ।

रुकुममा मतपत्र जलाउने कार्य गरेको भन्दै २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कल्पना केसी र केशव खड्का रहेको प्रहरीले जानकारी गराएको छ । यी दुई मतदान केन्द्रमा आगामी मंसिर २१ गते मतदान हुनेछ । रत्ना निमाविको मतदान केन्द्रमा प्रतिनिधिसभाको र गत्तासैना मतदान केन्द्रमा समानुपातिकतर्फको मात्र मतदान हुनेछ ।

सिन्धुपाल्चोक, गोरखा, सिराहा लगायतका केही जिल्लाका निर्वाचन क्षेत्रमा केही असामान्य गतिबिधि भए पनि समग्रमा चुनाव शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । अब दोस्रो चरणको चुनाव मंसिर २१ गते हुनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्