सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दाङमा बम बिष्फोटबाट घाईते भएका म्यादीको मृत्यु

दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा घाइते भएका एक म्यादी प्रहरीको मृत्यु भएको छ । बम विष्फोटमा गम्भीर घाइते भएका भ्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका १८ का विनोद चौधरीको उपचारका क्रममा निधन भएको हो ।

दाङका प्रहरी प्रमुख दुर्गा सिंहका अनुसार विनोदको आज बिहान साढे २ बजे बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । गम्भीर घाइते भएका अन्य तीन जनाको पनि कोहलपुर मेडिकल कलेजमै उपचार भइरहेको छ ।

प्रहरीका अनुसार अन्य पाँच जनाको भने राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बम बिष्फोटमा परी म्यादी प्रहरी देवी डिसी, सुनिता चौधरी, नरदेवी बुढाथोकी, बमराज सुनार, नेवबहादुर केसी, पार्वती केसी र हिमलाल रसाइली घाईते भएका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तुलसीपुरमा आयोजित चुनावी सभामा पुग्दै गर्दा करिब २ सय मिटर टाढा बम विष्फोट भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्