सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उत्तर कोरीयाको ब्यालेष्टिक मिसाईल सि अफ जापानमा

दक्षिण कोरियाली समाचार संस्था योनहापले उत्तर कोरियाले एउटा नाम नखुलेको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । गएको झण्डै अढाई महिनायता उसले क्षेप्यास्त्र प्रहार गरेको यो पहिलो पटक हो ।

उत्तर कोरियाको पछिल्लो कदमले विश्वव्यापी रुपमा झनै खतरा पैदा गरेको छ । उत्तर कोरियाले बुधबार परीक्षण गरेको मिसाइल झण्डै एक हजार किलोमिटर दूरी पार गरेर सि अफ जापानमा खसेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

पछिल्लो मिसाइल परीक्षणले अन्र्तराष्ट्रिय स्तरमा चिन्ता थपेको छ । यसअघि उत्तर कोरियाले गएको सेप्टेम्बरमा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । त्यसको केही दिनअघि उसले आफ्नो छैठौं परमाणु परीक्षण सफल रुपमा गरेको थियो ।

उत्तर कोरियाले बुधबार साउथ प्योङयाङको प्योङयाङबाट मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ । मिसाइल झण्डै ५० मिनेट आकाशमा उडेको तर जापानको भूभागमा भने नरहेको जापान सरकारले जनाएको छ ।

यसअघि भने उत्तर कोरियाले जापानको माथि भएर जाने गरी मिसाइल परीक्षण गर्दै आएको थियो । उत्तर कोरियाको गतिविधिका कारण दक्षिण कोरिया, जापान, अमेरिकासहितका देशमा तनाव बढेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्