सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उदयपुर बम बिष्फोटमा ७ जना गम्भीर (तस्विरसहित)

उदयपुरमा नेपाली काँग्रेसका उम्मेद्वारलाई लक्षित गरि माइन बम विस्फोट गराइएको छ । विस्फोटमा परि उदयपुर क्षेत्र नम्बर दुईका नेपाली कांग्रेसका उम्मेद्वार नारायण कार्की सहित सात जना गम्भीर घाईते भएका छन् ।

उदयपुरको कटारीबाट नेपालटार भन्ने ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा उम्मेद्वार कार्की चढेको गाडी दनुवारवेसी भन्ने ठाउँमा माइन विस्फोटमा परेको थियो ।

विस्फोटमा परेर उम्मेद्वार कार्की वेहोस भएको बताइएको छ भने काँग्रेस कार्यकर्ता मीरा कटुवालको दुई वटै खुट्टा चुँडिएको प्रहरीले जनाएको छ । बिष्फोटबाट राजन कार्की पनि घाईते भएका छन ।

विस्फोटमा परि पत्रकार नवराज पौडेलसहित गाडी चालक र तीन प्रहरी पनि गम्भीर घाईते भएको बताइएको छ । उम्मेद्वार कार्कीसहित अन्य घाईतेलाई हेलिकप्टरबाट उद्दार गरिएको छ ।

घाईते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उदयपुर काँग्रेसको पूर्व जिल्ला सभापति कार्की २०७० सालको संविधान सभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर दुईबाट विजयी भएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्