सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उत्तर कोरीयाले अमेरिकामाथी खुल्ला धावा बोल्यो

उत्तर कोरियाले अन्तर महाद्वीप क्षेप्यास्त्रको सफल परिक्षण गर्दै त्यसले अमेरिकाको कुनै पनि क्षेत्रमा प्रहार गर्न अब आफू सक्षम भएको दाबी गरेको छ । उत्तर कोरीयाको सरकारी टेलिभिजनले प्योङयाङको दाबी प्रस्तुत गर्दै अब आफू पूर्णरुपमा आणविक शक्ति सम्पन्न मुलुक भएको समेत बताएको छ ।

उत्तर कोरियाले दाबी गरेअनुसार उसले ‘द ह्वासङ–१५’ नाम गरेको हालसम्मकै शक्तिशाली मिसाइल स्थानीय समय अनुसार बुधबार बिहान परिक्षण गरेको थियो । परिक्षणको क्रममा उक्त मिसाइल जापानी सीमाना भित्रको समुद्री भागमा प्रवेश गरी निस्तेज भएको थियो ।

त्यहाँको सरकारी सञ्चार माध्यमबाट सार्वजनिक गरिएको विज्ञप्तीमा उत्तर कोरियाका शासक किमजोङ उनलाई उद्धृत गर्दै भनिएको छ–‘अब हामी पूर्ण रुपमा आणविक र क्षेप्यास्त्र भएको मुलुक भएका छौं । शान्ति प्रिय राज्यका हिसाबमा हामी यसको प्रयोग विश्वमा शान्ति तथा स्थायित्व कायम गर्नका लागि मात्रै गर्ने छौं ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्