सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अप्रिल २०१९ मा राजगद्दी त्याग्दै जापानी सम्राट

जापानी सम्राट आकिहितोले २०१९ को अप्रिलमा राजगद्दी त्याग्ने भएका छन् । सरकार र शाही परिवारबीचको छलफलपछि प्रधानमन्त्री सिन्जो आवेले यो मितिको घोषणा गरेका हुन् ।

८३ वर्षीय जापानी सम्राटले गत वर्ष उमेर र स्वास्थ्यका कारण जिम्मेवारी पूरा गर्न कठिन भएको बताएका थिए । गद्दी त्यागबारे शुक्रबार छलफल भएको थियो ।

लगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री आवेले ३० अप्रिल २०१९ मा सम्राटले गद्दी त्याग्ने जानकारी गराएका थिए । त्यसपछि राजकुमार नारु हितोले गद्दी सम्हाल्नेछन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्