सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एमालेलाई भोट मागेपछी पार्टी र राज्यमन्त्री पद गुम्यो

चुनावमा एमालेलाई भोट मागेको भन्दै पसुपतिशम्शेर राणा अध्यक्ष रहेको राप्रपा (प्रजातान्त्रिक)ले महामन्त्री रेशमबहादुर लामालाई पार्टीबाट निश्कासन गरेको छ । राप्रपा (प्रजातान्त्रीक)द्वारा जारी विज्ञप्तीमा लामाले पार्टी हितविपरीत काम गरकाले महामन्त्री पदबाट निश्कासन गरेको जनाईएको छ ।

साथै राप्रपा (प्रजातान्त्रिक)ले लामालाई पार्टीबाट निष्कासन गरेसँगै उद्योग राज्यमन्त्रीका रुपमा रहेका लामालाई सरकारबाट समेत हटाइने जनाएको छ । उनलाई महामन्त्री पदबाट निष्कासन गरेको जानकारीसहित पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले राज्यमन्त्रीबाट पनि हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् ।

संविधानको धारा २९८ को उपधारा ९(ग) मा भएको व्यवस्था बमोजिम लामालाई राज्यमन्त्री पदबाट पदमुक्त गरी दिन सिफारिस गरेको अध्यक्ष राणाको पत्रमा उल्लेख गरिएको छ । पार्टी स्रोतका अनुसार लामाले काभ्रेपलाञ्चोक र झापा जिल्लामा एमालेको पक्षमा भोट मागेका कारण निष्कासन गरेको हो । सम्भवत; उनी चाँडै एमालेमा प्रवेश गर्नेछन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्