सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कृषि विकासको पाँच करोड झ्वाम पार्ने दिपिका

सरकारी स्वामित्व रहेको कृषि विकास बैंक न्यूरोड शाखाको झण्डै ५ करोड रकम हिनामाना गरेको अभियोगमा बैंककै कर्मचारी (सहायक टेलर) दिपिका रेग्मीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेग्मीसँगै बालाजुका प्रकाश घतानी र दोलखा घर भई काठमाडौं ३२ बस्ने रेमशकुमार थापा रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दिएको जानकारी अनुसार रकम हिनामिनामा रेग्मीको मुख्य संलग्नता देखिएको छ । बैंकको न्यूरोड शाखाबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ४ करोड ९१ लाख हिनामिना गरेको पाइएको छ ।

प्रहरीका अनुसार सहायक टेलर रेग्मीले सेवाग्राहीले जम्मा गरेको चेक ‘इलेक्ट्रोनिक चेक क्लियरेन्स’ (ईसीसी) मार्फत सम्वन्धित सेवाग्राहीको खातामा जम्मा गरेपछि भुक्तानी वापत जेनेरेट गरेको रिपोर्टलाई इडिट गरेर त्यही चेक पुनः प्रयोग गरेको र बैंकमा रहेको आफ्नो र आफन्तको खातामा रकम जम्मा गरेको खुल्न आएको छ । यसरी जम्मा भएको रकम उनले सुनचाँँदी लगायतका सामाग्री खरिदमा प्रयोग गरेको भेटिएको छ ।

केही रकम भने प्रकाश घतानीको खातामा जम्मा भएको खुलेको छ । त्यसबापत उनले भने रेग्मीलाई सुनका गरगहना दिने गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका रमेशकुमारले भने रेग्मीको सहयोगीका रुपमा काम गरेको प्रहरीको अभियोग छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS