केपी ओलीलाई पहिलोपटक भित्तामा पुर्याए देउवाले
सँधै बोलीको तिरले बिपक्षिलाई खुत्रुक्कै पार्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भित्तामै टाँसीनेगरी जवाफ पर्काएका छन ।
ठाउँठाउँमा भईरहेका बम बिस्फोटका घटनासँग जोडेर ओलीले सरकार चुनाव सार्ने षड्यन्त्रमा लागेको आरोप लगाईरहेको बेला प्रधानमन्त्री देउवाले ‘ओलीले भोट हालिसकेपछी पनि चुनाव सारेको सपना देख्नेछन’ भन्दै व्यङ्ग्य गरेका छन ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओली अहिले पनि चुनाव सरेको सपना देखेर त्रसित बनिरहेको बताएका छन् । शनीबार महेन्द्रनगरको चुनावी सभामा देउवाले भने–‘उहाँ चुनाव सरेको सपना देखेको देख्यै हुनु हुन्छ । २१ गते भोट हालेपछि पनि चुनाव सर्छ, चुनाव सर्छ भन्नु हुनेछ ।’
सम्बोधनमा देउवाले भने–‘शेरबहादुरले चुनाव सार्नेछ, चुनाव सर्छ भनेको भन्यै हुनु हुन्छ । आजभोलि चुनाव सरेको सपना देख्या देख्यै हुनु हुन्छ, उहाँले । अब सपना देख्ने काम छैन ओलीजी ।’
प्रधानमन्त्री देउवाले आफ्नो हरेक भाषनमा भन्दै आएको ‘एमाले र माओवादी एकदलीय कम्युनिस्ट शासन ल्याउन लागिपरेका छन’ भन्ने कुरा महेन्द्रनगरमा पनि दोर्होयाए । देउवाले भने–‘संविधान च्यातेर उनीहरु राष्ट्रपतीय पद्धतिमा जान्छु भन्दैछन । अहिले सबैलाई अधिकार दिइएको छ । राष्ट्रपतीय पद्धति त एक जनाको मात्र भइहाल्यो नि ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्