सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

साबधान ! धरानमा लाश पोलेको कोईलाले पोलिन्छ सेकुवा

मानव स्वास्थ्यलाई प्रतिकुल असर पुग्ने गरी धरानमा शवदाह गरेको कोइला बिक्री हुने गरेको छ । शवदाह गरेको कोइला खुलेआम बिक्री हुँदासमेत सरोकारवाला निकाय भने मौन बसेको स्थानीयको गुनासो छ । उनीहरुले त्यस्ता कोइला बिक्री बन्द गर्न माग गरेका छन् ।

धरान–१४ स्थित खत्रीधारामा शवदाह गरेका दाउराबाट उत्पादित कोइला स्थानीय होटल व्यवसायीले खरिद गरी सेकुवा र मकै पोल्ने गरेको पाइएको छ । खत्रीधारा आर्यघाटका चौकीदार सन्दीप थापाले स्थानीय होटल व्यवसायीहरुलाई सहुलियत दरमा कोइला बिक्री गर्ने गरेका छन् ।

उक्त कोइला स्थानीय होटल व्यवसायीहरुले बिहान र बेलुकाको समय पारेर खरिद गरी लाने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । शब पोलेको दाउराबाट उत्पादीत कोईला प्रत्यक्ष रुपमा मकै, सेकुवा जस्ता खानेकुरा पोल्न प्रयोग गरिँदा यसले मानविय स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने देखिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्