बाईकको साईलेन्सरमा १० किलो सुन ल्याउने फुलसिंह
काठमाण्डौको बालाजुस्थित बाईपासबाट अबैध १० किलो सुनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले रसुवाको केरुङ नाकाबाट भित्र्याइएको अवैध १० किलो सुनसहित सिन्धुपाल्चोकका फूलसिंह तामाङलाई पक्राउ गरेको हो ।
तामाङले मोटरसाइकलको साइलेन्सर भित्र लुकाएर ल्याएको सुन सहित तामाङलाई पक्राउ गरेको हो । अबैध सुन ल्याएको गोप्य सूचनाको आधारमा जाँच गर्दा प्रहरीले उनलाई शनिबार साँझ सुनसहित पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङबारे थपप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय केरुङ नाकाबाट अवैध रुपमा सुन भित्रिरहेको छ । यसअघि केरुङ नाकाबाटै भित्र्याइएको ८८ किलो अवैध सुन क्षेत्रपाटीबाट बरामद भएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्