किराँतीहरुको ‘उधौली’ र नेवारहरुको ‘योमरी पुन्ही’
प्रकृति र पितृको पूजा गरि आज किराँत समूदायको ठुलो चाड उधौली पर्व मनाइँदैछ । किराँत समूदायले आफुले लगाएको अन्नबाली पाकेपछि आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रुपमा मनाउने गर्दछन् ।
परम्परा अनुसार २ दिन अघि लिम्बुले चासो तग्नाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा सुनुवारले खोल स्यादर र राईले उधौली साकेला भनेर आज संयुक्त रुपमा मनाउने गरिन्छ ।
किराँत राईको मुख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ । यस पर्वको मेलामा सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर नाच्ने गर्दछन् ।
यता नेवार समुदायले आजै योमरी पुन्ही पर्व हर्साेल्लासका साथ मनाउँदैछन् । तिहारमा देउसी–भैलो खेले जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवारी समुदायमा रहेको छ । सोही परम्पराअनुसार नेवारी गीत गाउँदै बालबालिकादेखि बुढापाकासम्म सहभागी भइ आज दिनभर योमरी मागिन्छ ।
इष्टमित्र, साथीभाइ, पाहुनालाई बाँडीचुडी खाने र खुवाउने परम्परा रहेको यो पर्वलाई माया, प्रेम, दया र करुणा आदान–प्रदानको रुपमा पनि लिने गरिएको छ । त्यसैगरि आज धान्यपूर्णिमा पनि भनिन्छ ।
विभिन्न धर्म र सम्प्रदायमा आज आ–आफ्ना दिवालीका साथै इष्टदेवको पूजा गर्ने गर्दछन् । पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्