सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गौचन हत्याका नाईके समिरमान सिआईबीको पासोमा

बानेश्वरस्थित शान्तिनगरमा हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई केन्द्रिय अनुसन्धान ब्युरोको टोलिले पक्राउ गरेको छ ।

गौचनको गोली हानी हत्या गर्ने गिरोहका नाईके बस्नेतलाई सीआईबीले अहिले २ बजे पत्रकार सम्मेलन गरी सार्बजनिक गरिरहेको छ । बस्नेत पक्राउ परेको पुष्टि अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी पुष्कार कार्कीले गरेका छन ।

यसअघि नेपाल प्रहरीले मुख्य सुटरसहित ५ जनालाई हत्याकाण्डको ३७ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको थियो । असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडी भित्रै गोली हानेका थिए ।

आपराधिक समूहले सबै निर्माण व्यवसायीबाट फिरौती रकम उठाएर आफूलाई बुझाउन दिएको धम्कीयुक्त आदेश नमानेपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

गौचन हत्याका मुख्य योजनाकार समिरमान बस्नेत ।

प्रहरीले मुख्य सुटर नुवाकोट पञ्चकन्या गाउँपालिका १ घर भएका २१ वर्षीय राजीव स्याङतान, हतियार र मोटरसाइकलको व्यवस्थापन गर्ने पर्सा कालिकामाई गाउँपालिका १ घर भएका शिवजी महतो, हतियार व्यवस्थापन गर्ने काममा खटिएका विहार भारतका मुकेशकुमार पाण्डे, मोटरसाइकल व्यवस्थापन गर्ने पर्सा ठोरी गाउँपालिका ५ का सन्तोष गुरुङ र सहयोगी भूमिका निर्वाह गरेका काठमाडौं नागार्जुन नगरपालिका ४ का प्रकाश बुढाथोकीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार भारतका विभिन्न स्थानमा बसेर नेपालमा फिरौती असुलीको धन्दा चलाइरहेका समीरमान बस्नेतको योजनामा गौचनको हत्या गरिएको हो । प्रहरीले बस्नेतसहित रूपन्देहीका युवासंघ अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका मनोज पुन, गत चैतमा गौरीघाटमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार गर्ने लोप्साङ लामा, बोका भनेर चिनिने गंगा लिङदेन, नेपाली सेनाका भगौडा काले दाइ भनिने अम्बरबहादुर लामा, सेनाकै अर्का भगौडा श्यामबहादुर गुम्बे, घटनाका मुख्य योजनाकार समीरका भान्जा पर्ने रोशन बुढाथोकी र अजय थापालाई फरार अभियुक्तका रूपमा लिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्