चार दिनदेखी हराएका बालकको मृत्यु शंकास्पद
पर्सामा चार दिनदेखि हराइरहेका १० बर्षिय एक बालक मृत अवस्थामा भेटिएका छन् । पर्साको बहुदरमाई नगरपालिका वडा नं २ निवासी सन्जय साह तेलीका १० वर्षीय छोरा सुमित कुमार तेली मृत भेटिएका हुन् ।
सुमितको शव शनिबार साँझ ७ बजे पर्साको बहुदरमाई नगरपालिकाको नगरदाहा गाउँ नजिक पोखरीको डिलमा भेटिएको हो । हत्या गरी शव लुकाएर राखिएको र शनिबार साँझ पोखरीको डिलमा फालिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
सुमितको परिवारले हराएकै दिन मंसिर १३ गते बुधवार नै ईलाका प्रहरी कार्यालय सुगौलीमा खोजीका लागि निवेदन दिएको भएपनि प्रहरीले खोजतलासका लागि चासो नदिएको आरोप लगाएका छ् । सुमितका अभिभाबकले प्रहरीको लापरबाहीले एक मात्र छोराका मृत्यु भएको दावी गरेका छन ।
सुमितको परिवार अहिले शोकमा डुबेको छ । घटना शंकास्पद देखिएकोले प्रहरीले गम्भीर ढंगले अनुसन्धान सुरु गरेको पर्सा प्रहरीले जनाएको छ छ । ‘मारेकै हो भनेर भन्न सक्ने अवस्था पनि छैन, मरेको नै हो भन्ने आधार पनि भेटिँदैन । अनुसन्धान पछी मात्रै थाहा हुन्छ ।’
बालकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा राखिएको छ । पोष्ट मार्टमको रिपोर्ट आएपछि बालकको हत्या भएको हो या होईन भन्ने छुट्याउन सजिलो हुने प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्