सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

को हुन शरद गौचनका हत्यारा समिरमान बस्नेत ?

शनिबार पक्राउ परेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेत काठमाडौं १३ बाफलका बासिन्दा हुन । बिभिन्न अपराध कर्ममा सम्लग्न रहेका बस्नेत प्रहरीको मोस्ट वान्टेड सुचीमा परेपछी २ वर्ष ६ महिनादेखि भारतमा बस्दै आएका थिए ।

भारतका विभिन्न सहरमा डुल्दै बस्ने गरेका उनले नेपालका व्यवसायीलाई तर्साउने र फिरौती असुली गर्ने धन्दा गर्दै आएका थिए । भारतमै बसेर पनि नेपालमा व्यवसायीलाई आतंकित पारेर उनले करोडौं रुपैयाँ असुल गर्ने गरेको प्रहरी रिपोर्ट छ ।

खासमा कुमार घैंटे चरी इन्काउन्टरमा मारिएपछि २४ बर्षिय बस्नेत भारत पलायन भएका हुन् । आफ्नै साथीलाई प्रहरीले मारेको भन्दै त्यसको जवाफ फर्काउने चेतावनीसहित उनी भारत पसेर नेपालमा आपराधिक क्रियाकलाप गर्दै आएका थिए ।

सुरूमा साना ठेक्कापट्टाबाट उनी गुन्डागर्दीमा सम्लग्न भएको प्रहरीले जनाएको छ । सबैभन्दा पहिले ८ वर्षअघि उनी, दिनेश अधिकारी चरी र राधे भण्डारी मिलेर ठेक्कापट्टामा लागेका थिए । पछि लेनदेनको विषयमा चरी र घैंटेबीच विवाद भयो । त्यसपछि घैंटेले राधे र समिरलाई लिएर चरीलाई एक्लै बनाए ।

त्यसपछि गुन्डानाइके रमेश बाहुन गुन्दागर्दीमा सम्लग्न भए । रमेश र समिर मिलेर काम गर्न थाले । उनीहरूबीच पनि लेनदेनका विषयमा झगडा भयो । समिरले रमेशको पोल्टीफार्ममा गएर गोली हाने ।

पछि समिरले प्रहरीमा फरार सूचीमा रहेका युवाहरू भेटेर आफ्नो समूहमा ल्याए । घैंटेसँग मिलेर निर्माण क्षेत्रमा केही रकम हाले । त्यसैताका घैंटे इन्काउन्टरमा मारिए ।

प्रहरीले घैंटेका मित भन्दै उनलाई पनि खोज्न थाल्यो । प्रहरीमा राम्रो पडक बनाएका समिर एक जना आफन्त डिएसपीको सुराकीमा लुक्न भारत पुगे । भारतमा मनोज पुनसँग उनको भेट भयो ।

१ वर्षजति उनीसँग मिलेर काम गरे । तर, पछि पुनसँग झगडा परेर समिर एक्लिएका थिए । समिरविरुद्ध ३ ठूला आरोप छन । २०७३ साल युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या ।

दोस्रो, २०७३ असोज २३ गते गौरीघाटस्थित दिब्या पार्टी प्यालेसमा गुन्डा नाइके दाबा लामामाथि ३ राउण्ड गोली प्रहार र तेस्रो २०७४ साल निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचनको गोली हानी हत्या ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्