घरबेटीले निकाल्न खोजे ? लिखित सुचना माग्नुहोस
के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस् । कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन । आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी नयाँ कानुनको व्यवस्था गरिएको छ ।
जसअनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएर मात्र पुग्दैन । घरबेटीले लिखित सूचना दिएको ३५ दिनसम्म सोही घरमै बसेर अर्को व्यवस्था गर्न सकिन्छ ।
आफैंलाई घर आवश्यक भएमा बहालमा बसेकाहरुलाई घरधनीले हटाउन सक्छन् तर तीन महिनासम्म अरुलाई भाडामा दिन नपाइने र दिनै परे पहिले बहालमा रहेको व्यक्ति बहालमा लिनेमध्ये पहिलो प्राथमिकतामा पर्नुपर्ने व्यवस्था देवानी कानुनको दफा ४२२ को उपदफा ४ मा उल्लेख छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्