गगन थापामाथी बम प्रहार गर्ने २२ जना पक्राउ
कांग्रेसका युवा नेता एवं काठमाडौं–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगनकुमार थापामाथि बम प्रहार गरेको आरोपमा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकका अनुसार बम विस्फोटमा संलग्न २२ जनालाई प्रहरीले पक्राउ गरेको हो । ‘हामीले बम विस्फोटमा संलग्नहरुलाई पक्राउ गरिसकेका छौ, घटनाको बारेमा थप अनुसन्धान गरीसकेपछि विस्कृत विवरण सार्वजनिक हुनेछ ।’
घटना लगत्तै काठमाडौं परिसर र विभिन्न वृत्तबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको धानुकले बताए । उनले पक्राउ परेकाहरुको परिचय भने खुलाएनन् ।
थापामाथि बुढानिलकण्ठस्थित चपली हाइटको माधव कोलोनीमा चुनाव प्रचारका क्रममा सोमबार बम प्रहार भएको थियो । थापाको टाउको र डाढमा चोट लागेको छ । घटनामा अरु ७ जना घाइते भएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्