सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रचण्डलाई हराउन पाण्डेले पैसा बाँडे चितवनमा

मौन अवधीमा आर्थिक चलखेल तिब्र भएको छ । नेपाली कांग्रेस र प्रजातान्त्रिक गठबन्धनका उम्मेदवारले मौन अवधिमा पैसा बाँडेको निर्वाचन आयोगमा उजुरी आएको छ । चितवनमा विक्रम पाण्डेलाई जिताउन पैसा बाँड्दै गर्दा प्रहरीले राप्रपाका जिल्ला नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

भरतपुर ११ वरपिपल चोकमा राप्रपा संस्थापनका सिताराम छतकुलीको घरमा करिव २५–३० जनाको महिला भेला गरेको र पैसा बाँडिरहेको पाइएपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।

प्रहरी आएको जानकारी पाएर राप्रपाका जिल्ला कोषाध्यक्ष प्रेम गैरे आफ्नो गाडीमा भागेपछि भरतपुर १० सिनर्जी चोकसम्म पिछा गरेर पक्राउ गरिएको थियो । अहिले राप्रपाका जिल्ला कोषाध्यक्ष प्रेम गैरे, भरतपुर ११ का राप्रपा वडा अध्यक्ष जगदिश अधिकारीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

राप्रपाका जिल्ला कोषाध्यक्ष प्रेम गैरे संवाद मञ्च चितवनका संयोजक समेत हुन् । बर्दीयामा पनि कांग्रेसका जिल्ला नेताले पैसा बाँड्दै गर्दा वामगठबन्धका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्