सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बिखण्डनवादी नेता सिके राउतलाई प्रहरीले पक्रियो

स्वतन्त्र मधेस गठबन्धनका बिखण्डनबादी नेता सिके राउत पक्राउ परेका छन् । राउतलाई प्रहरीले धनुषाको जनकपुरस्थित माछाबजारबाट पक्राउ गरेको हो । धनुषाका एसपी चक्रबहादुर सिंहले भने–‘निर्वाचन विरोधी गतिविधिमा संलग्न भएका कारणले डेराबाटै बिहान पक्राउ गरिएको हो ।’

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले राउतलाई पक्राउ गरेको हो । राउतको गिरफ्तारी पछि धनुषामा सुरक्षा सर्तकता बढाइएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्मरणीय छ ९ सय ६० मतदाता रहेको सप्तरीको महदेवा गाउँपालिका २ स्थित आधारभुत विद्यालय मतदान केन्द्रमा स्थानीयवासीले आज मतदान वहिष्कार गरेका छन् । महदेवा गाउँ स्वतन्त्र मधेश गठवन्धनका संयोजक सिके राउतको पैतृक गाउँ हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्