सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

डिभि परेर आउनेहरु रद्दीको टोकरीका मान्छे; ट्रम्प

सुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने, ‘तपाईंलाई लाग्छ, डीभी परेर आएका मानिसहरु ती देशका उत्तम मानिसहरु हुन् ? होइन, उनीहरु रद्दीको टोकरीमा मिल्काएकाहरु डीभी परेर अमेरिका आएका छन् ।’

त्यसो त ट्रम्पले डीभी परेर अमेरिका आउने आप्रवासीहरु खराबभन्दा खराब मानिसहरु रहेको र उनीहरु रद्दीको टोकरीबाट निकालिएका मान्छे भएको बताएका हुन् ।

न्यूयोर्कमा आतंकवादी आक्रमणमा संलग्न मानिस डीभी परेर अमेरिकामा भित्रिएका मानिस भएको खुलासा भएपश्चात ट्रम्पले चिट्ठा पारेर संसारबाट मानिसहरु अमेरिका भित्र्याउने सिस्टमको विरोध गर्दै यसलाई तत्कालै बन्द गर्नुपर्ने बताउँदै आएका छन् ।

‘यो कस्तो खालको सिस्टम हो ? उनीहरु चिठ्ठा पारेर हाम्रो देशमा आउँछन् । उनीहरुले खराबभन्दा खराब मानिसहरु दिएका छन् ।’

अमेरिकाले हरेक वर्ष करिव ५० हजार आप्रवासीलाई डीभी चिठ्ठामार्फत् अमेरिका भित्र्याउँदै आएको छ । डीभी चिठ्ठा कार्यक्रम सुरु भएयता करिव ५५ हजार नेपाली यो कार्यक्रम मार्फत् अमेरिका पुगिसकेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS