शरद गौचनको हत्यामा संलग्न ३ जना पक्राउ
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले उदयपुरका राजकुमार शाह, काठमाडौंका सुर्य बाजी र सिरहाका श्याम गुप्तालाई पक्राउ गरेको हो ।
परिषरका एसपी रामदत्त जोशीका अनुसार उनीहरुले घटनामा संलग्न अभियुक्तहरुलाई सहयोग गरेका थिए । जोशीका अनुसार उनीहरुमध्ये केहीले सीम कार्ड दिएको केही आर्थिक लेनदेनमा संलग्न भएको देखिएको पाईएपछी पक्राउ गरिएको हो ।
यसअघि प्रहरीले घटनाको मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ७ जनालाई पक्राउ गरिसकेको छ । यसैबीच, परिषरले गौचन हत्याकाण्डको अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । प्रहरीले अभियुक्तहरुलाई सर्वश्वसहित जन्मकैदको माग दाबी गरेको छ ।
गौचनको गत असोज २३ गते काठमाडौंको बानेश्वरमा दिनदहाडै गोली हानी हत्या भएको थियो । गौचनले आफ्नो कन्स्ट्रक्सन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकम विवादमा उनको हत्या भएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्