के कुरा भयो ओली र प्रचण्डबिच तिन घण्टासम्म ?
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको बिषयलाई लिएर भेटवार्ता भएको छ । बैंककमा स्वास्थ्य उपचार गराएर फर्किएका एमाले अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका थिए ।
दुई नेताबीच झण्डै ३ घन्टा छलफल भएको ओली सचिवालयले जनाएको छ । सचिवालयका अनुसार दुई अध्यक्षले राष्ट्रियसभा गठनबारे कार्यदलल दिएको प्रतिवेदनमा छलफल गरेका छन् र आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने सहमाति भएको छ ।
प्रदेश सरकार गठन र पार्टी एकताबारे पनि छलफल भएको छ । पार्टी एकतालाई अन्तिम रुप दिन भोलि दुई अध्यक्षबीच कुराकानी हुने र माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको बताईएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्