सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मोटरसाईकल दुर्घटनामा रुकुमका बुढाबुढीको मृत्यु

आइतबार साँझ रुकुमबाट दाङ जाँदै गरेको मोटरसाइकल सल्यानको कपुरकोटमा रोकिराखेको ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मोटरसाईकल दुर्घटनामा मृत्यु हुने दुई जना श्रीमान श्रीमती भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रा ३ प ८५९६ नम्बरको मोटर साइकल रोकिराखेको रा १ ख ९३९ नम्बरको मिनि ट्रकसंग ठोक्किएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा पूर्वी रुकुमका अन्दाजी ३२ वर्षीय दिलिप बुढा र उनकी श्रीमती सम्झना बुढा रहेका छन ।

सम्झना बुढाको घटना स्थलमै मृत्यु भएको हो भने उनका श्रीमान दिलिप बुढाको उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल दाङ लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मिनिट्रक र चालकलाई नियन्त्रणमा लिएको सल्यानका डिएसपी भरत बिकले जानकारी दिएका छन ।

त्यसैगरी गएराति नै मीनभवनमा मोटरसाइकलको ठक्करबाट दोलखा सामाकोशी–२ का ५० वर्षीय ध्रुव कार्कीको मृत्यु भएको छ । मीनभवन क्याम्पस अगाडि बा ९० प ६०६४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएका कार्कीको न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा मृत्यु भएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्