पुर्वी रुकुमको सदरमुकाम सार्न सर्बोच्चको रोक
पुर्वी रुकुमको जिल्ला सदरमुकाम सार्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले रोकिदिएको छ । सर्वोच्चले बिहिबार अन्तरिम आदेश जारी गर्दै पुर्वी रुकुमको सदरमुकाम हालको स्थानबाट अन्यत्रै सार्ने निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको छ ।
सरकारले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट उत्तरपुथामा सार्ने निर्णय गरेको थियो । सो निर्णय विरुद्ध अधिवक्ता गणेश हमालसहित तीन जनाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । सोही रिटमाथी बिहीबार न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
सदरमुकाम सार्ने निर्णय विरुद्ध परेको रिटमा कानूनविदहरु सूर्य ढुंगेल, उपेन्द्रकेशरी न्यौपाने, रमन श्रेष्ठ, टीकाराम भट्टराई लगायतले बहस गरेका थिए । सरकारले सदरमुकाम सार्ने निर्णय गरेको विरोधमा विगत ८ दिनदेखि रुकुममा आन्दोलन भइरहेको छ ।
सिडिओलाईसमेत घेराबन्दी गरेर सदरमुकामका जनताले ८ दिनदेखि बन्द र हडताल जारी राखेकै बेला सर्वोच्च अदालतले बर्तमान सरकारको निर्णय अन्तरिम आदेश मार्फत उल्ट्याइदिएको हो । सर्बोच्चको यो आदेशसँगै सदरमुकाम सार्ने निर्णय विरुद्ध भएको आन्दोलन सम्भवत अब रोकिनेछ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्