सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भावनामा किन बहकिँदैछन केपी ओली र प्रचण्ड ?

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डवीच पछिल्लो समय पार्टी एकताबारे ‘वान टु वान’ छलफलहरु भइरहेका छन् । दुई नेतावीचको छलफल राजनीतिमा मात्रै नभई भावनामा समेत बहकिन थालेको छ । दुई नेताले राजनीतिसँगै आ–आफ्नो स्वाभाव र कमजोरी पनि कोट्याउन थालेका छन, जुन निकै रोचक छ ।

‘दुई शीर्षनेतावीच भावनात्मक विषयमा खुलेर छलफल हुन थालेको छ,’ वाम गठबन्धनलाई तार्किक निश्कर्षमा र्पुयाउन सक्रिय रहेका एक नेता भन्छन–‘ओलीजीले लामो समय जेलभित्र बस्नुपरेका कारण कहिलेकाँही केही कठोरजस्तो देखिने गरेको बताउनुभएको छ भने प्रचण्डजीले विगतमा छापामार युद्ध सञ्चालन गर्दा तत्कालै कार्यनीति फेरिरहनुपर्ने भएकाले आफू अस्थिरजस्तो देखिने गरेको बताउनुभएको छ ।’

प्रचण्ड र केपी ओलीवीचको आपसी विश्वास पार्टी एकताको एउटा महत्वपूर्ण ‘फ्याक्टर’ हो । र, यसका लागि उनीहरुले आ–आफ्नो विचार निर्माणको पृष्ठभूमि र स्वभावजन्य कमजोरीहरुको विश्लेषण गर्नु स्वाभाविक मात्रै होइन, आवश्यक पनि छ ।

ओली र प्रचण्डको स्वभावजन्य भिन्नताले पार्टी एकतामा साधकको काम गर्छ कि बाधक ? यसबारे पक्कै पनि दुबै दलका नेताले विश्लेषण गर्लान् । तर, यहाँनेर चाँहि दुबै नेताको हुर्काइ, वर्ग, धरातल अनि राजनीतिक पृष्ठभूमिको ‘फ्ल्यासब्याक’ बारे सन्दर्भ उठान गर्न खोजिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्