सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाल भारतको उपनिवेश भएको हो ?: कमल थापा

उपप्रधान एवं उर्जामन्त्री कमल थापाले मुलुकमा वैदेशिक हस्तक्षप बढ्दै गएको दावी गरेका छन् । उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको समय सान्दर्भिक नभएको टिप्पणी गर्ने क्रममा यस्तो बताएका हुन ।

हेटौंडामा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष समेत रहेका थापाले निम्ता नगरी आएका पाहुनालाई सरकारले सकेको स्वागत गरेको बताएका छन । नेपाल अहिलेसम्म कसैको उपनिवेश नभएको तर, स्वराजको भ्रमणबाट मुलुक कतै उपनिवेश भएको हो कि भन्ने भान परेको थापाले सुनाएका छन ।

थापाले जनताको म्यान्डेड अनुसार वाम गठबन्धनको सरकार बन्नु पर्ने र जनचाहना अनुसार स्थायी हुनु पर्ने बताएका छन । निर्वाचनको समयमा बनाइएको लोकतान्त्रिक गठबन्धन कमजोर भएकै कारण जनताले राजनीतिक स्थायित्वका लागि वाम गठबन्धनलाई रोजेको उनको भनाइ थियो ।

सरकारले तोकेका प्रदेशका राजधानी सबै उपयुक्त रहेको भन्दै थापाले ३ नम्बर प्रदेशको राजधानी हेटौंडा नै उपयुक्त भएको बताएका छन । ताप्लेजुङका मानिस विराटनगर, दार्जुलाको धनगढी, डोल्पाको सुर्खेत आउन मिल्ने भएपछि रसुवा वा रामेछापको मानिस हेटौंडा आउन किन नमिल्ने भन्दै प्रश्न गरेका थिए ।

राप्रपाको अगुवा कार्यकर्ता भेलामा सहभागीहरुको संख्या न्यून भएपछि थापाले असन्तुष्टि समेत जनाएका छन् । पार्टीको अस्तित्व रहँदा नेतृत्व गर्न आउने र पराजित भएपछि बेपत्ता भएको भन्दै सहभागी कार्यकर्ताले कमल थापाका भाई गणेश लामामाथी प्रश्न उठाएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्