सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आइसिसी विश्वकप छनौटमा नेपालले खेल्ने पक्का

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले क्यानडालाई पराजित गरेसँगै विश्वकप छनोटमा स्थान पक्का बनाएको छ । नेपाल सन् २०१८ को विश्वकप छनोट खेल्ने भएको छ । क्यानडासँग भएको खेलमा नेपालको जितमा करण केसी नायक बनेका छन ।

१९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई जित दिलाएका हुन ।

अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाएका थिए ।

अर्को बल बाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुबै टिमको स्कोर ड्र भयो । अब अन्तिम बलमा मात्र एन रन चाहियो, जुन करणले सहजै पुरा गरे र नेपाललाई डिभिजन टूको फाइनलसँगै विश्वकप छनोटमा पुर्याए ।

३१ बलको सामना गरेका उनले ३ चौका र चार छक्काको मदतमा नटआउट ४२ रन बनाएका थिए । जिम्बावेको टिकट पक्का गर्न १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई त्यसबेला झड्का लाग्यो, जब पानीले खेल रोकियो ।

खराब सुरुवातका बाबजुद त्यसबेला नेपालले ३४ ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको थियो । रोहितकुमार पौडेल र आरिफ शेख क्रिजमा जमेका थिए । तर, केहीबेर पानीले खेल रोकियो । पानी रोकिएपछि सुरु भएको खेलमा नेपालले लगातार विकेट गुमायो । नेपालले २९ रन जोड्दा ४ विकेट गुमाएको थियो । तर, करणले सनसनीपूर्ण जित जिलाए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्