सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

छिमेकीको पत्नीसँग सल्केका दिलिपलाई जुत्ताको माला

महोत्तरीको एकडारा गाउँपालिका वडा नं. १ का एक युवालाई छिमेकीको पत्नीसँग अनैतिक यौनसम्बन्ध राखेको आरोपमा गाउँलेले मोसो दलेर गाउँ घुमाएका छन् । पाँच सयको संख्यामा उपस्थित भएका गाउँलेले स्थानीय दिलिप मण्डललाई कपाल काटी मोसो दलेर जुत्ताचप्पलको माला लगाउँदै गाउँ घुमाएका हुन् ।

एकडारा गाउँपालिका–१ का वडा अध्यक्ष रहेमान रेजा अनसारीका अनुसार उनले छिमेकी महिलासँग अनैतिक सम्बध राख्दै आएका थिए । पटक पटक सम्झाउँदा पनि नटेरेपछि समाजिक दण्ड दिइएको उनले बताएका छन् ।

घरमा घेरा हाली निकालेर कपाल काट्नुका साथै अनुहारमा चुना र कालो टीका लगाएर गाउँ घुमाइएको थियो । गाउँपालिकाका अध्यक्ष रामछविला साहले महिला गर्भवती रहेकोे बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्