सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

किन रोईन श्वेता ? बहुप्रतिक्षित कान्छि आजबाट हलमा

आजबाट नायिका स्वेता खड्काले सर्वाधिक आशा गरेको चलचित्र ‘कान्छी’ देशभरका हलमा रिलिज भएको छ । ‘कान्छी’ हेर्न स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठका परिवार हल पुगेका छन् । फिल्म हेरेपछि श्रीका दाइ र दिदीहरूले आफ्नो बुहारीको अभिनय निकै राम्रो लागेको बताएका छन ।

चलचित्रकर्मीबाट पाएको प्रतिक्रिया सुनेपछि अभिनेत्री तथा निर्माता श्वेता खड्काले आँसु रोक्न सकिनन् । उनले वरिष्ठ नृत्य निर्देशक वसन्त कुमार श्रेष्ठलाई अँगालो मार्दै भक्कानिएर रोइन् ।

स्वेताले भनिन् ‘राम्रो गरेको थिए त्यो फल पाए । सबै जनाको यस्तै साथ पाउनेछु कान्छी हेरे सल्लाह सुझाव दिनु होला, मेरो रिजल्ट आज आयो सबैले यति धेरै माया दिनु भयो समाल्न नै गाह्रो भएको छ । मैले सोचे भन्दा धेरै माया पाएँ । ‘

उनले रुँदै भनिन् ‘म रोएको होइन । मेरो कामलाई यति धेरै माया गर्दिनु भयो कि मैले आफूलाई सम्हाल्न नै सकिनँ । मैले आज शिव रेग्मी सरलाई धेरै सम्झिएकी छु । उहाँको निधन हुँदा म निकै दुखी भएकी थिएँ । मैले आज अर्को शिव रेग्मी सर पाएँ आकाश अधिकारी ।

सबै इन्टायर टिमलाई धन्यवाद सबैले यति राम्रो काम गर्दिनु भयो मैले पुरा फिल्म हेरेको थिइन । हलमा हेर्दा मैले त्यहाँ मेरो लभ स्टोरी बिर्सेँ । यति लेबलको माया गर्ने मान्छे छुट्यो मलाई एकदमै मिस भयो मलाई खड्क्यो, उहाँलाई मैले एकदमै मिस गरेको छु र जहाँसम्म यहाँहरूले मलाई साथ दिनु हुन्छ ।’

नायक दयाहाङ राई र नायिका स्वेता खड्काको मुख्य भूमिका रहेको यो फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा नायिका अनु शाह, कलाकार निर शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

‘कोहिनुर’ पछि स्वेतालाई दर्शकले चलचित्रमा पर्खिरहेका थिए । यसैले, पनि सोलो रिलिजको अवसर पाएको ‘कान्छी’को व्यापार उत्कृष्ट हुने अपेक्षा गरिएको छ । आज चलचित्र हेरेका अधिकांश दर्शकले राम्रै प्रतिक्रिया दिएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्