फेसबुकलाई १६ अर्ब जरीवाना तिर्न अदालतको आदेश
बेल्जियमको एक अदालतले सामाजिक सञ्जाल फेसबुकलाई १५६ मिलियन अमेरिकी डलर (१६ अर्ब बढी नेपाली रुपैयाँ) बराबर जरिवाना तिर्न फैसलामा तोकेको छ । गोपनियातासँग सम्बन्धित कानूनको उल्लङ्घन गरेको भन्दै फेसबुकमाथि १६ अर्ब रुपैयाँ भन्दा बढीको जरिवाना तोकिएको हो ।
फेसबुकले ‘थर्ड पार्टी’ तेस्रो पक्षीय अनलाइनहरुलाई ट्रयाक गरेर गोपनियतासँग सम्बन्धित कानून उल्लङ्घन गरेको अदालतको ठहर छ । बेल्जियमको अदालतले फेसबुकबाट यूजर्स (प्रयोगकर्ता)हरुको डाटा (विवरण) संकलन गर्न नपाउने आदेश समेत जारी गरेको छ ।
साथै अदालतले फेसबुकलाई हरेक दिन २ लाख ५० हजार यूरो जरिवाना तिर्न पनि भनेको छ । अदालतका अनुसार फेसबुक आफ्ना प्रयोगकर्ताको जानकारी संकलन (स्टोर) गर्न प्रयोगकर्ताको इच्छाको कुनै परवाह गर्दैन । फेसबुकले विज्ञापन र प्रयोगकर्ताको अनुभव बढाउन अन्य वेबसाइटबाट यूजर डाटा ट्रयाक गर्छ ।
जसमा फेसबुकको ‘प्लग इन्स’ दिइएको हुन्छ । अदालतले फेसबुकलाई आदेश दिएको छ कि बेल्जियमका नागरिकको जति पनि डाटा (विवरण) अवैध तरिकाले संकलन गरिएको छ, त्यसलाई तत्काल डिलिट गरियोस् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्