मनोज पुनको इन्काउन्टरकै लागी डिएसपीको सरुवा
मुलुकमा दिनानु दिन अपराधका घटना बढिरहेका बेला प्रहरीलाई अपराधको नियन्त्रण गर्न कठिन भईरहेकोे पाईन्छ । कतिपय घटनामा प्रहरीकै मिलेमतोमा यस्ता क्रियाकलाप भएका छन् । तर यस्ता घटना भन्दा अलिक पृथक घटना भर्खरै हुन पुगेको छ ।
गत साता जिल्ला प्रहरी कार्यालय रामेछापका इन्चार्ज डिएसपी कुमोध ढुंगेलको एक्कासि सरुवा भयो । प्रहरी प्रधान कार्यालयले उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सरुवा गरेको थियो । एउटा मात्र जिल्लाको इन्चार्ज फेरिनुलाई कतिपयले अनौठो रुपमा लिएका थिए ।
उक्त सरुवाको रहस्य बुधबार खुलेको छ । बुधबार बिहान मोस्ट वान्टेड गुन्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी गोलीबाट ढल्नुमा उक्त सरुवाको सम्बन्ध देखिएको छ ।
हत्या र असुलीको आतंक मच्चाउदै आएका पुनलाई पक्राउ गर्नकै लागि डिएसपी ढुंगेललाई रुपन्देहीमा सरुवा गरिएको हो । उनकै कमाण्डमा रहेको टिमसँगको मुठभेडमा पुन र आले मारिएका हुन् । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले सोही मिसनका लागि डिएसपी ढुंगेललाई रुपन्देहीमा सरुवा गरेको थियो ।
डिएसपी ढुंगेल तिनै प्रहरी अधिकारी हुन, जो ३ वर्षअघि डन दिनेश अधिकारी चरीको इन्काउन्टरमा आबद्ध थिए । त्यतिबेला उनी महानगरीय अपराध महाशाखामा इन्सपेक्टरका रुपमा कार्यरत थिए ।
२०७१ साउन २१ मा भीमढुंगामा अधिकारीको मृत्यु भएको थियो । त्यतिबेला महाशाखाको प्रमुखमा पुष्कर कार्की थिए । संयोगवश उनै कार्कीले मनोज पुन इन्काउन्टरको पनि केन्द्रीय तहबाट समन्वय गरेका थिए ।
चरी र पुन दुवैलाई गोली हान्ने प्रहरी अधिकृतसमेत एकै जना भएको प्रहरी स्रोत बताउँछ । जुन घटना हुन गयो यो कतिको कानुन सँगत हो यसको जबाफ त प्रहरी आँफै सँग छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्