सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दैलेखमा बोलेरो जीप दुर्घटना, ४ जनाको मृत्यु

दैलेखको दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाज जान हिँडेको बोलेरो जीप महाबु–४ ओखलढुंगामा दुर्घटना भएको छ । लु१ज ३५३२ नम्बरको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले जानकारी दिएका छन् ।

दुर्घटनामा परी अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा महाबु गाउँपालिका-५ का ३५ वर्षीय सरल कुमार शाही, महाबु-४ गैंडाबाजकी २२ वर्षीय निर्मला पाण्डे, कालिकोटकी २९ वर्षीया निर्मला कुमारी शाही र सुर्खेतका तिलक ढकाल छन् ।

यस्तै घाइते हुनेहरूमा महाबु–५ का एकेन्द्र शाही, नारायण नगरपालिका–२ का रमेश थापा, महाबु–१ का बखत थापा र कर्ण मल्ल रहेका छन् । एक जना गम्भीर घाइतेको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका बखत थापा चालक हुन् भने मल्ल गाडी साहु हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्