सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिरिया बमबारीका दर्दनाक तस्विर, गृहयुद्धको नतिजा

सिरियाको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा विगत एक साताको अवधिमा पाँच सय जना भन्दा बढीको ज्यान गएको अनुगमनकर्ताहरूले बताएका छन् ।

मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको उनीहरुको भनाइ छ । बमबारी जारी रहेकोले क्षतिको विवरण संकलन गर्न कठिन भइरहेको उद्धारकर्ताहरूले बताएका छन् ।

बेलायतस्थित सिरिन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार पूर्वी गुटा क्षेत्रमा विगत एक साताको अवधीमा मारिएकाहरू मध्ये करिब १४० जना बालबालिका रहेका छन् ।

त्यहाँ रुसी समर्थन प्राप्त सिरियाली सरकारी सैन्यले विद्रोहीहरूमाथि आक्रमण गरिरहेका छन् । उद्धारकर्ताहरू भन्छन् बमबारी नरोकिएकोले आक्रमणमा ज्यान गुमाउनेहरूको सही तरिकाले गणना समेत गर्न सकिएको छैन ।

सिरियामा सरकारी सेनाले गरेको बमबारीमा सबैभन्दा धेरै बालबालीकाले ज्यान गुमाएका छन । हामीले केही प्रतिनिधी तस्विर सामाजीक सञ्जालमार्फत लिएका छौँ ।

यी तस्विर केबल युद्धले निम्त्याएको दुस्परीणाम र पिडालाई प्रस्तुत गर्न खोजीएको हो । अन्यथा हत्या, हिंसा र युद्ध समाजका लागी पुर्णत घातक हो भन्ने पाठ सिक्नु जरुरी छ ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस्