सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सिरिया बमबारीका दर्दनाक तस्विर, गृहयुद्धको नतिजा

सिरियाको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा विगत एक साताको अवधिमा पाँच सय जना भन्दा बढीको ज्यान गएको अनुगमनकर्ताहरूले बताएका छन् ।

मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको उनीहरुको भनाइ छ । बमबारी जारी रहेकोले क्षतिको विवरण संकलन गर्न कठिन भइरहेको उद्धारकर्ताहरूले बताएका छन् ।

बेलायतस्थित सिरिन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार पूर्वी गुटा क्षेत्रमा विगत एक साताको अवधीमा मारिएकाहरू मध्ये करिब १४० जना बालबालिका रहेका छन् ।

त्यहाँ रुसी समर्थन प्राप्त सिरियाली सरकारी सैन्यले विद्रोहीहरूमाथि आक्रमण गरिरहेका छन् । उद्धारकर्ताहरू भन्छन् बमबारी नरोकिएकोले आक्रमणमा ज्यान गुमाउनेहरूको सही तरिकाले गणना समेत गर्न सकिएको छैन ।

सिरियामा सरकारी सेनाले गरेको बमबारीमा सबैभन्दा धेरै बालबालीकाले ज्यान गुमाएका छन । हामीले केही प्रतिनिधी तस्विर सामाजीक सञ्जालमार्फत लिएका छौँ ।

यी तस्विर केबल युद्धले निम्त्याएको दुस्परीणाम र पिडालाई प्रस्तुत गर्न खोजीएको हो । अन्यथा हत्या, हिंसा र युद्ध समाजका लागी पुर्णत घातक हो भन्ने पाठ सिक्नु जरुरी छ ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS