उखुबारीमा सामुहिक बलत्कारको सिकार भईन युवती
बिराटनगर महानगरपालिका ५ को कारखाना बस्तीमा साताअघि एक १५ वर्षीय बालिकालाई पाँच जनाको समूहले सामूहिक बलात्कार गरेको खुलासा भएको छ । घटनामा संलग्नमध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकी तीन जना फरार छन । पीडित बालिकाको कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
घरदेखि पश्चिमतर्फ पर्ने अशोक यादवको उखु खेतबाट साँझमा घर फर्कंदा आफ्नी छोरी सामूहिक बलात्कारको सिकार भएको पीडितका अविभावकले बताएका छन । ऋषिदेव थरकी १५ बर्षिया बालिका बलात्कारमा परेकी हुन । सँगै रहेकी उनकी साथी १६ वर्षिया लक्ष्मी खवास भने आफू बलात्कारीको पञ्जाबाट भाग्न सफल भएको बताएकी छन ।
‘घर पश्चिममा पर्ने उखु खेतीवाला अशोक यादवले अघिल्लो दिन उखु काटेको ज्याला लिन हामीलाई बोलाएका थिए । हामी दुवै जना साँझसम्म पैसा थाप्न यादवको कामतमा बस्यौ,’ लक्ष्मीले भनिन, ‘यादवले अरू मजदुरलाई पैसा बाँडदाबाँडदै सकियो तिमीहरू भोलि आएर लैजाउ भनेर घर पठाए ।’
‘त्यसपछि हामी साँझ करिव ६ बजे यादवको कामतबाट घर फर्कंदा बाटोमा पर्ने गहुँ खेतबाट गाउँका चिनेजानेका ५ जना केटाहरूले हामीलाई घेरे ।’, उनले भनिन–‘त्यसपछि हामी फेरि यादवको उखु खेततिर नै भाग्यौं । त्यहाँ करिव आधा घण्टा बसेर पुन फर्कदा उनीहरूले पुन; हामीलाई घेरा हालेर समाए ।’
मलाई सुरुमा धिरेन्द्र खवास र रञ्जीत खवासले समाते । उनीहरू हाल प्रहरी नियन्त्रणमा छन । विरु मण्डल, सन्तोश मण्डल र अर्को एक युवकले समातेर लडाए । उनीहरू हाल फरार छन । उनले भनिन, ‘मलाई समाउने धिरेन्द्र र रञ्जीतलाई मैले म तिमीहरूको बहिनी हैन भनेपछि उनीहरूले मेरो मुख थुनेर हामी बैनीसैनी चिन्दैनौं भन्दै मलाई दुवैले झापड हानेर छाडिदिए ।’
बाँकी तीन जनाले साथीलाई समाएका थिए । त्यसपछि म भाग्दै घरतर्फ गएँ । उनले भनिन–‘घरतिर भाग्दै जाँदा बाटोमा मजदुरी काम गरेर घर फर्कंदै गरेका सुनसरी चिमडीका दुई जना अंकललाई भेटें । उनीहरूलाई आफूले भोगेको सबै कुरा सुनाएर उनीहरूसँगै घटनास्थल फर्कंदा साथी अर्धनग्न अवस्थामा बेहोस फेला परी ।’
पीडित बालिकाको कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न महिला रोग विशेषज्ञ डा. अन्जु देवका अनुसार बालिका बलात्कृत भएको पुष्टि हुन सकेको छैन । देवले भनिन, ‘बालिकाले बलात्कार गर्न नदिन अन्तिम समयसम्म प्रतिकार गरेको र उनको पेट र शरीरमा अत्यधिक हातपात गरेको पाइएको छ ।’
गाइनोतर्फ कुनै समस्या देखिएन । उनले भनिन, त्यसपछि सर्जनतर्फ केस रिफर गरिएको छ । पीडितका अभिभावकले समाजको डरले छोरीमाथि भएको जघन्य अपराधलाई सार्वजनिक गरेका थिएनन । तर पीडक पक्षले पटकपटक फोन गरेर मुद्दा फिर्ता लिई रकम लिएर मिलापत्र गर्न दबाब दिएपछि घटना सार्वजनिक गरेको लक्ष्मीका आफन्तले बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्