सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सात बर्षकी बच्चीलाई पनि छाडेनन् ६५ का बुढाले

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धरान–६ पानबारी बस्ने ६५ वर्षीय एक वृद्ध पक्राउ परेका छन् । उनका १५ जना नातिनातिका छन् । धरानस्थित पानबारीको रायचौरीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका वृद्ध रत्नबहादुर परियार छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

आरोपित परियारले गत बुधबार मध्यान्ह घरमा कोही नभएको मौका पारेर बालिकालाई बलात्कार गरेको उजुरी परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले बताएका छन । पीडित बालिकाको मेडिकल जाँच भइसकेको छ । बालिकालाई मनोपरामर्शको जरुरत रहेको बताइएको छ ।

बालिकाको बाबु आमा दुवै मजदुरी गर्न गएको बेला एक्लै बसेकी बालिकालाई भान्साकोठामा लगेर बलात्कार गरेको छिमेकी सन्जु अधिकारीले बताएकी छिन । ‘दिउँसो साढे १२ बजे परियारको घरबाट बालिका रुँदै चिच्याउँदै भागेको देखेपछि के भयो भनेर सोधीखोजी गर्यौं’ उनले भनिन, ’केरकार गर्दा हजुरबाले जबर्जस्ती ‘नराम्रो काम’ गरेको पीडित बालिकाले बताएपछि प्रहरीलाई खबर गरेर पक्राउ गरिएको हो ।’

अधिकारीका अनुसार परियारले बालिकालाई रुँदै भागेर नजिकै रहेका आफ्नो घरमा लुक्दासमेत लखेटेर आएका थिए । त्यसबेला बालिका डरले काम्दै घरको कुनामा रोइरहेकी थिइन् । बालिकाको मानसिक अवस्था विक्षिप्त बनेको परिवारिक स्रोतले जनाएको छ ।

बलात्कार आरोप लागेका परियारका २ छोरा बुहारी र २ छोरी ज्वाइँ समेत छन् । छोराछोरी गरी उनको १५ जना त नातिनातिना नै रहेका छन् । उनले मादक पदार्थ सेवन गरेर बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ ।

यसैबीच बलात्कार आरोपी परियारलाई म्याद थप गरी कानुनी कारबाही अघि बढाउने तयारी प्रहरीले गरे पनि स्वास्थ्यमा समस्या आएपछि बिहीबार परिवारको जिम्मा लगाएको प्रनाउ पौडेलले बताएका छन । उनका अनुसार परियारको स्वास्थ्य अवस्था ठीक भएपछि प्रहरीमा बुझाउने सहमतिमा उनलाई परिवारको जिम्मा लगाएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख प्रा डा निदेश सापकोटा समाजमा बलात्कार बढ्नुमा दण्डहिनता, सामाजिक परिवेश र लागूपदार्थ, मद्यपानले भूमिका खेलेको बताएका छन । उनले भने, ‘जब कुनै पनि व्यक्तिले सही र गलत छुट्याउन सक्दैन तब मानसिक विचलन आउँछ र आफ्नै आमा, बालिका बलात्कार गर्छ ।’

उनका अनुसार मानसिक रुपमा उत्पन्न विचलनले व्यक्तिको मन, विचार, आनीवानी र जीवनशैलीमा नियन्त्रण गर्न नसक्दा बलात्कार घटना बढ्ने डा सापकोटाले बताएका छन । बलात्कृत भएपछि महिला वा बालिकाले त्यो भयावह पीडाबाट मुक्त हुन धेरै संघर्ष गर्नु पर्छ ।

पिडकले दण्ड सजाय पाएमा केही सान्त्वना मिले पनि मानसिक पीडा जीवनभर रहने भएकाले त्यसको क्षतिपूर्ति नहुने डा सापकोटाले बताए । उनले समाजमा बलात्कार घटना नियन्त्रण गर्न समाजमा साइको एजुकेशनको सुरुआत गर्नु पर्ने बताए । उनले भने, ‘अनि ल एण्ड अर्डर’ लाई अझ कडा बनाउनुबाहेक विकल्प छैन ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS