‘बाबुरामजी लाज नमान्नुस, पार्टीमा फर्किनुस’: प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी डा. बाबुराम भट्टराईलाई पार्टीमा फर्कन आहृवान गरेका छन । अध्यक्ष दाहालले भट्टराई हिँडेको बाटो गलत भएको दाबी गरेका छन ।
नयाँ शक्ति पार्टी, नेपालका नेता खिमलाल देवकोटालाई पार्टी प्रवेश गराउँदै माओवादी अध्यक्ष प्रचण्डले भट्टराईलाई लाज नमानी पार्टीमा प्रवेश गर्न भट्टराईसँग आग्रह गरेका छन ।
दाहालले अघि भने–‘मनसाय उहाँको राम्रो गर्छु भन्ने होला । तर, बाबुरामजी जसरी हिँड्नु भएको छ, त्यो गलत छ । त्यो तरिकाले उहाँ आफैं दलदलमा फस्ने बाहेक केही हुँदैन ।’
डिब्बा जत्ति छाडेर इन्जिन मात्र लिएर हिँडेको भन्दै दाहालले भने–‘उहाँले डिब्बा र सामान छाडेर हिड्नु भयो । जनता, कार्यकर्ता र आफ्नै रगत पसिनाबाट जन्मिएका सारा उपलब्धी छाडेर अर्को केही गर्छु भन्ने मनोगत हो ।’
‘बाबुरामजी प्रति मेरो कुनै घृणा छैन । घृणा हुन्थ्यो भने २५ वर्षसम्म झेलेर बोकेर हिँड्न सम्भव थिएन’ प्रचण्डले भने, ‘बाबुरामजीलाई अलि लाज लाग्छ । लाज मान्न पर्दैन, आफ्नै साथीहरुसँग आउन किन लाज मान्नु र्पयो ?’
विप्लवको नाम नलिई दाहालले भने–‘केही साथीहरुले क्रान्ति गर्न रहर गरेका छन् । उनीहरुले माखो मार्दैनन् । समाजवादमा जाने हो भने सवै कम्युनिष्ट एक हुनुपर्छ । नक्कली सक्कली बनेर हुँदैन ।’ प्रचण्डले भने, ‘भित्रै बहस गरेर को ठीक को बेठीक भन्ने थाहा हुन्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्