सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

साथीको श्रीमतीलाई अश्लिल भिडियो पठाउने खोरमा

चलचित्र क्षेत्रमा संगै काम गर्ने साथीको श्रीमतीलाई फेसवुकमा अश्लिल फोटो र भिडियो पठाएपछि चलचित्र निर्माता तथा छाँयाकार डिक खड्का पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले खड्कालाई सोमबार काठमाडौंको बानेश्वरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख (एसएसपी) दिवेश लोहनीले जानकारी दिएका छन् ।

चलचित्र निर्माता संघका पूर्व सदस्य समेत रहेका खड्कामाथी काठमाडौं जिल्ला अदालतबाट साईबर अपराधमा म्याद लिएर थप अनुसन्धान शुरु गरिएको एसएसपी लोहनीले बताएका छन ।

प्रहरीका अनुसार एक महिलाले मोरङको केराबारी स्थायी घर भएका खड्कामाथी सामाजिक सञ्जालमार्फत ‘सेक्स्युअल ह्यारेसमेन्ट’ गरेको आरोप सहित उजुरी दिएकी थिईन् ।

खड्काले छाउपडी, मजवुर लगायतका फिल्म निर्माण गरेका छन् । २०१३ मा उनी उपकरण ब्यवसायी संघको अध्यक्ष समेत भएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS