मोडल बनाइदिने भन्दै बलत्कार गर्ने फोटोग्राफर पक्राउ
मोडल बनाइदिन्छु भन्दै १३ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा एक जना फोटोग्राफर पक्राउ परेका छन् । चितवनको खैरहनी–१३ घर भइ काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २० वर्षीय अमन तामाङ बलत्कार आरोपमा पक्राउ परेका हुन ।
उनले कक्षा ८ मा अध्ययरत १३ वर्षीया बालिकालाई फेसबुकमा साथी बनाएर मोडल बनाइदिन्छु भन्दै जबरजस्ती करणी गरेको पीडितले उजुरी दिएकी छन् । तामाङले बालिकालाई फकाएर नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा लगेर बलात्कार गरेको प्रहरीलाई दिइएको जाहेरीमा उल्लेख गरिएको छ ।
दोस्रो पटक जबरजस्ती करणी गर्न खोज्दा बालिकाले असहमति जनाएपछि आफूले नग्न तस्वीर र भिडियो खिचेको भन्दै उनले धम्क्याएका थिए । आफूले भनेको नमाने त्यसलाई भाइरल बनाउने बताउँदै उनले पुनः बलात्कार गरेको र त्यसपछी फरार भएको बताईएको छ ।
लगत्तै, पीडितले महानगरीय प्रहरी वृत, गौशालामा जाहेरी दिएकी थिइन् । बलत्कार आरोप लागेका तामाङलाई फागुन १८ मा गौशाला प्रहरीले बबरमहलबाट पक्राउ गरेको थियो ।
अहिले जिल्ला अदालत काठमाडौंबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर उनीमाथि विस्तृत अनुसन्धान भइरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्