सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

धरौटी तिर्न नसक्दा जेल परिन रोमा न्यौपाने

ठगी आरोपमा पक्राउ परेकी एउटा खुट्टाको भरमा नाचेर चर्चामा आएकी कलाकार रोमा न्यौपाने धरौटी बुझाउन नसकेपछी जेल चलान भएकी छन् । जिल्ला अदालत, काठमाडौंले तोकेको ३६ लाख ५० हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि उनी जेल चलान भएकी हुन् ।

अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले न्यौपानेलाई उक्त रकम बराबरको धरौटी मागेको थियो । हाल उनलाई केन्द्रीय कारागार चलान गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । प्रहरीले उनलाई फागुन २४ मा ठगी आरोपमा पक्राउ गरेको थियो ।

रोमासहित उनका पति चिरञ्जीवि विरुद्ध ३६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । उनका पति पक्राउ परे पनि रोमा भने फरार थिइन् । उनीहरूले भोलेन्टीएर एसोसिएसन अफ डिस्याबिलिटिज (भीएडी) नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौं रुपैयाँ ठगी गरेका थिए ।

जिल्ला अदालत काठमाण्डौले रोमा न्यौपानेका पती चिरञ्जीवीलाई दोषी ठहर गर्दै २०७३ पुस २६ मा दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो । रोमालाई २०७२ सालमा सरकारले युवा प्रतिभा तथा युवा उद्यमी पुरस्कार समेत प्रदान गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्