बिमान दुर्घटनामा मृत्यु हुने ४९ पुगे, २२ घाईते
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्ने क्रममा भएको यूएस बंगला एयरलाइन्सको बिमान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । ढाकाबाट आएको उडान नम्बर बिएस २११ यूएस बंगलाको विमान सोमबार अवतरणका क्रममा दुर्घटना भएको हो ।
बिमान दुर्घटनामा परी २२ जना घाइते भएका छन् । कुल ६७ यात्रु र ४ जना चालक दलका सदस्य गरी ७१ जना रहेको उक्त बिमान दुर्घटनास्थलमा ४० जनाको शव फेला परेको थियो भने उपचारका क्रममा केएमसी अस्पताल सिनामंगलमा ८ जना र शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो ।
https://www.youtube.com/watch?v=0MVXNow8sKU
घाइतेमध्ये १२ जनाको केएमसी अस्पताल सिनामंगलमा, ५ जनाको नर्भिक अस्पतालमा र १ जनाको ओम अस्पताल, ३ जनाको ग्राण्डी र १ जनाको मेडिसिटीमा उपचार भइरहेको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको टोली लगायतको टोलीले दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको छ ।
बिमानस्थल प्रशासनका अनुसार नेपाली समय अनुसार २ बजेर १८ मिनेटमा बिमान दुर्घटना भएको थियो । बिमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार सामान्यतया बिमान कोटेश्वरतर्फको भागबाट अवतरण गर्नुपर्नेमा पसुपतितर्फको भागबाट अवतरण गर्न अनुमति मागेको थियो ।
दुर्घटनामा परेको बिमान आकासबाटै अनियन्त्रित भएर आएको बताईएको छ । बिमान रनवेको बिच भागमा चिप्लिएर दुर्घटना भएको हो । बिमान दुर्घटना लगत्तै बिमानस्थल सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । त्यसपछी मात्रै दमकल, प्रहरी र अन्य उद्दारकर्मीहरु पुगेका थिए ।
दुर्घटनापछी प्रधानमन्त्री केपी शर्मा ओलीले घाईते र दुर्घटनास्थलको निरिक्षण गरेका छन । उनले दुर्घटनाको छानबिन गर्ने बताएका छन । अहिले बिमानस्थल सुचारु भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्