गुल्मीमा मन्दिरभित्रै ६ बर्षिया नाबालिका बलात्कृत
एकपछी अर्को बलात्कारका घटना सार्बजनिक हुने क्रममा गुल्मीमा एउटा निकै दर्दनाक घटना सार्बजनिक भएको छ । गुल्मीको ईस्मा गाउँपालिकाको वडा नम्बर ३ नयाँ पोखरामा ६ वर्षिया बालिका दिनदाहाडै बलात्कृत भएकी छिन । मंगलबार दिउँसो ४ वजेको समयमा नयाँपोखराको हनुमान मन्दिरभित्र बालिका बलात्कृत भएकी हुन् ।
प्रहरीले दिएको जानकारी अनुसार बालिकालाई सोही गाउँपालिका वडानम्बर ४ दर्लामचौरका १७ वर्षीय हिमाल दर्जीले बलात्कार गरेका हुन । गुल्मीका प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीका अनुसार बलत्कारी दर्जीलाई पक्राउ गरी बुधबार अदालतमा मुद्धा दायर गरिएको छ ।
बलात्कृत बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका डाक्टर सुवोध ज्ञवालीका अनुसार बालिकाकोे यौनाङ्ग सिलाउनुपर्ने भएकोले पाल्पा रिफर गर्ने तयारी भएको छ ।
डा. ज्ञवालीले भने–‘बालिकाको यौनाङ्ग च्यातिएको छ । सिलाउन बेहोस पार्नुपर्ने हुन्छ । उनको उमेर सानै भएकोले यहाँ सम्भब नभएर सर्जिकल कन्सल्टेन्टका लागि पाल्पा प्रभास अस्पतालमा रिफर गरिएको हो ।’
बालिकाको यौनाङ्गबाट रगत आएको थाहा पाएपछि छोरीलाई अस्पताल लिएर आएकी उनकी आमाले छोरीले पहिला आफु लडेर रक्ताम्मे भएको भन्दै ढाँटेको बताएकी छिन ।
पछि शंका लागेर फकाउँदै सोधेपछि हिमाल अंंकलले चाउचाउ किनेर खान दिन्छु भन्दै फकाएर मन्दिरभित्र लगेर त्यस्तो हिंसा गरेको बताएको बालिकाकी आमाले जानकारी दिएकी छिन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्