गौशालामा गोली चल्यो, पक्राउ परे डन गणेश लामा
काठमाडौंको गौशालामा रहेको होटल पशुपति भिजनमा गोली चलेको छ । गोली चलेको आवाज सुनेपछी होटेलमा पुगेको प्रहरी टोलीले गुण्डा नाईके गणेश लामालाई भेटेपछी पक्राउ गरेको छ ।
गुण्डा नाइके गणेश लामालाई एउटा चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरेका छन ।
यद्यपि, गोली कसैलाई नलागेको काठमाण्डौ प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले घटनास्थल पुगेर पुष्टि गरेका छन । गुण्डा नाइके लामाले दुई युवकले आफुलाई गोली प्रहार गरेर भागेको बताएका छन । लामालाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान थालिएको छ ।
यसअघि काभ्रेको क्षेत्र नं. १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका लामाले एमालेका चन्द्र लामासँग पराजित भएका थिए । सम्पत्ति शुद्धिकरण विभागले लगाएको अकूत सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा उनले विशेष अदालतबाट केही महिना अघि मात्रै सफाई पाएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्