सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्याङ्जामा आफ्नै काकाले बलत्कार गरे ११ बर्षकी बालिका

दिनदिनै बलात्कारका घटना सार्बजनिक हुने क्रममा स्याङ्गजाको आँधीखोला गाउँपालिका निवासी ११ वर्षीया बालिका सहोदर काकाबाट बलात्कृत भएकी छन् । गत फागुन ४ गते काकाद्वारा बलात्कृत बनेकी बालिकालाई हाल कास्कीस्थित बाल सेवा केन्द्रमा राखिएको पीडितका आफन्तले बताएका छन् ।

बालिकालाई उपचारको लागि पोखरा लगिएको थियो । कक्षा ५ मा अध्ययनरत ती बालिकामाथि पटक पटक जबर्जस्ती भएको परीक्षण रिपोर्टले देखाएको चिकित्सकलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जनाएको छ ।

केन्द्रीय बाल कल्याण समितिका बाल अधिकार स्रोत व्यक्ति बद्रीप्रसाद वाग्लेले बालिकाको घटना ९ गते मात्र बाहिर आएको र कास्की प्रहरीमा जानकारी गराएको बताएका छन । कास्की प्रहरीले उक्त जाहेरी स्याङ्जा प्रहरीमा रिफर गरेको छ ।

तत्काल बालिकालाई घरमा पठाउँदा असुरक्षित हुने भएकोले बालिकालाई संस्थाको संरक्षणमा पठाइएको वाग्लेले बताएका छन । राष्ट्रिय मानव अधिकार आयोग र वाल कल्याण समितिले उक्त घटना अध्ययन गरेका थिए । तर, अनुसन्धानमा पीडितका आफन्तले सहयोग नगरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना स्याङ्जामा दर्ता भएको हो । आयोगका अनुसार बलात्कृत बालिकाको कपडा नधुन र तत्काल बालिकालाई ननुहाइदिन अनुरोध गरे तापनि पीडितकी आमाले अटेर गरेकी छन् । पीडक पनि फागुन ४ गतेदेखि नै फरार छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल प्रधानले घटनास्थल पुगी प्रहरीले कागज बनाइसकेको बताएका छन ।

यस्तैगरी भीरकोट नगरपालिका–६ स्थित भिरकोट भिल्ला होटलमा गत फागुन २९ गते ३ जना बालिका बलात्कृत भएका थिए । भीरकोट निवासी १४ वर्षीया २ जना र १५ वर्षीया १ बालिका बलात्कारको सिकार बनेका हुन् । वडा प्रहरी कार्यालय वालिङले ३ जना अभियुक्तलाई पक्राउ गरी जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्