सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अबको ५ बर्षमा काठमाण्डौमा रेल गुड्छः भौतिकमन्त्री

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पाँच वर्षभित्र काठमाडौंमा रेलमार्ग गुड्ने दावी गरेका छन् । आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिवद्ध रहेको भन्दै उनले पाँच वर्षभित्रमा चमत्कार गरेर देखाउने बताएका छन ।

रिपोर्टस क्लब नेपालको साक्षात्कारमा मन्त्री महासेठले सरोकारवाला निकायहरुसँग छलफल गरेर उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि योजना बनाइने स्पष्ट पारेका छन । ‘सिङ्गापुर, मलेसिया र साइप्रस विकास हुन सक्छ भने नेपाल किन सक्दैन ?’ उनले भने, ‘ढुक्क हुनस, पाँच वर्षभित्र उपत्यकामा रेल गुड्छ ।’

स्रोत साधन भएपनि सदुपयोग हुन नसक्दा विकास नभएको भन्दै उनले अब सबै स्रोत साधनको सदुपयोग गरिने बताएका छन । ‘एउटा खानी उत्खनन् गर्न सके पनि ५० वर्षलाई पुग्छ । हामीले नसकेको विदेशी सहयोग लिन्छौं’ मन्त्री महासेठले भने ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS