सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भाईवर, इमोबाट चिट्ठा परेको भन्दै ठग्ने पुलिसको खोरमा

पछिल्लो समय इमो, भाइबर, फेसबुक म्यासेन्जर मार्फत ठगी धन्दा बढिरहेको छ । इमो, भाइबर र फेसबुकमार्फत चिठ्ठा परेको छ, उपहार आएको छ, विदेशीले उपहार पठाइदिएको भन्दै प्रलोभन देखाउने र लाखौं रुपैयाँ गठी गर्ने ९ जना ठगलाई कास्की प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरुले कास्की लगायत विभिन्न जिल्लामा सामाजिक सञ्जालको प्रयोगबाट २५ लाख रुपैयाँको चिठा परेको छ, तपाईंको परिवारलाई सुन तथा नगद पठाएको छु भन्दै झन्डै १ करोड ३० लाख रुपैयाँ ठगेको प्रहरीको भनाइ छ ।

विदेशी नागरिकले पैसा पठाइदिएको छ र आफू थुनामा परेको भन्दै ठगी गर्ने पाल्पा, निस्दी–७ ज्यामिरेका २६ वर्षीय यामबहादुर रानामगरलाई पनि प्रहरीले प्रक्राउ गरेको छ ।

यस्तै सामाजिक सञ्जालबाट २५ लाख रुपैयाँ चिठ्ठा परेको छ भन्दै ८० जनाभन्दा बढी व्यक्तिहरुलाई ठगी गर्ने धादिङ खनियावास–५ का २६ वर्षीय टेकबहादुर तामाङ र २४ वर्षीय नेनिस तामाङ, नेत्रावती–१ का २८ वर्षीय ठाकुर गुरुङ, त्यस्तै मनोज तामाङ, गणेश गुरुङलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

चिठ्ठा परेको छ भन्दै ठगी धन्दा चलाएको भन्दै पक्राउ परेका ठाकुर गुरुङ धादिङको रेडियो बिहानीका स्टेशन म्यानेजर रहेको स्रोतले बताएको छ । १ जनालाई पोखरा, न्युरोड र १ जनालाई विरौटाबाट मनि ट्रान्सफरबाट पैसा निकाल्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । तिन जनालाई भने ड्याम साईडस्थित झर्ना होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्